एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा
एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा दिएका छन् ।
एमालेबाट जे भनेर विद्रोह गरेको त्यही प्रवृति एकीकृत समाजवादीमा देखा परेकाले आफूले राजीनामा दिएको अध्यक्ष पोखरेलले बताए
‘एमालेमा विधि र पद्धति भएन भनेर विद्रोह गर्यौं । अहिले सोही प्रवृतिको सिकार हुने स्थिति आएपछि पार्टीबाट अलग हुने निर्णय लिएको हुँ’ उनले अनलाइनखबरसँग भने ।
पोखरेलसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीसहित चार जना सचिवालय सदस्य र १० जना जिल्ला कमिटी सदस्यले सामुहिक राजीनामा दिएका छन् ।