उपमेयरमा माओवादीको मनोनयन खारेज, वैकल्पिक उम्मेदवार जसपाबाट
नेकपा माओवादी केन्द्रबाट सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
हालै जनता समाजवादी पार्टी (जसपा)बाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बनेका दीर्घराज श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको हो।
जसपाको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सत्ता गठबन्धनबीच भागबन्डा हुँदा कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएका थिए ।