उपत्यकाका महानगरमा उम्मेदवारी दर्ताको झलक
स्थानीय तह निर्वाचनका लागि देशभरबाट उम्मेदवारी दिने क्रम जारी छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि उम्मेदवारी दर्ता गर्ने मिति तोकेको थियो ।
सोही अनुसार आइतबार पहिलो दिन प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहित विभिन्न पदमा १० हजारभन्दा धेरैको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । मनोनयन दर्ताको अन्तिम दिन १२ गते, अर्थात् सोमबार दिनभर उम्मेदवारी दिने क्रम जारी छ । काठमाडौं उपत्यकामा रहेका दुई ठूला महानगर काठमाडौं र ललितपुर महानगरपालिकामा उम्मेदवारी दिन नेताहरू झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरी निर्वाचन आयोग कार्यालय पुगेका छन् ।