एमसीसीबारे जनतामा रहेको भ्रम चिर्छौं : महामन्त्री शर्मा
सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियानमा होमिएको छ । ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज आइतबारदेखि एक महिनासम्म अभियान चलाउनेछ ।
देशभरका वडा तहसम्म हुने अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्ला-जिल्ला पुगिसकेका छन् । अभियानका क्रममा चुनावी माहोल बनाउनुका साथै जनताका कुरा पनि सुन्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् ।