स्थानीय, प्रदेश र केन्द्रमा अब एमालेको सरकार हुन्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमालेले तीनै तहका सरकार बनाउने बताएका छन्। तर स्थानीय तहमा भने छिटपुट ठाउँमा आफूहरूको सरकार बन्न नसक्ने ओलीको भनाइ छ।
‘तीनै तहमा अब हाम्रो सरकार हुन्छ, स्थानीय तहमा छिटपुट नहुन सक्छ,’ काठमाडौंमा आज भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामी जिम्मेवार भएर लाग्नुपर्छ।’
उनले उपाध्यक्ष विष्णु पौडेल नेतृत्वमा पार्टीका चार नेता चीन भ्रमणमा गएको बताए।
उनकाअनुसार अब विस्तारै विभिन् देशमा भ्रमण आदानप्रदान र विचार आदानप्रदानका कुराहरू हुनेछन्।