माधव नेपाल : पार्टीको निर्णय मान्नुपर्छ, एमसिसीविरूद्धका स्टाटस फिर्ता लिनुहोस्
सत्तारूढ दल नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीका बारेमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्टाटसहरू फिर्ता लिन आग्रह गरेका छन्।
नेपालले आजदेखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै एमसीसीका विरुद्धमा आवाज नउठाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै त्यस विरूद्ध लेखेका स्टाटस फिर्ता लिन भनेका हुन्।
‘एमसिसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ। पार्टीको निर्णय सबैले मान्नुपर्छ,’ उनले भने, ‘एमसिसीविरुद्धमा लेखिएका स्टाटसहरू फिर्ता लिनुहोला। व्याख्यात्वमक घोषणासँगै एमसिसीका अस्पष्टता हटेका छन्।’
उनले यसभित्र आफ्ना केही नेताहरूको फरक मत रहेको भन्दै ती मतलाई पार्टीले अन्यथा नलिएको स्पष्ट पारे।