एमालेसँग च्याप्टर क्लोज, सत्तारुढ दलसँग आवश्यकताअनुसार तालमेल
सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुसँग ‘स्थानीय अवस्था र आवश्यकता’ अनुसार तालेमल गर्ने निर्णय गरेको छ । यससँगै प्रमुख विपक्षी नेकपा एमालेसँग तालेमल गर्ने र सत्तारुढ दलहरुसँग देशव्यापी गठबन्धनको दुवै बाटो बन्द भएको नेताहरुले बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु चुनावी गठबन्धनको पक्ष र विपक्षमा विभाजित भएका थिए । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरु गठबन्धनको पक्षमा थिए भने डा. शेखर कोइराला पक्षका नेताहरुले एक्लै चुनाव लड्नुपर्ने मत राख्दै आएका थिए ।