निर्वाचन आयोगले तदारुकता देखाएको भए ओली पार्टीविहीनी हुने थिए : प्रचण्ड
नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले तदारुकताका साथ काम गरेको भए केपी शर्मा ओली पार्टीविहीन हुने बताएका छन् ।
तत्कालिन नेकपाको ७० प्रतिशत आफूहरुको साथमा रहेको भन्दै प्रचण्डले निर्वाचन आयोगले तदारुकताका साथ सनाखत गरिदिएको भए ओली पार्टी विहीन हुने बताएका हुन् ।
आफूहरुले राजनीतिक र संगठनात्मक रुपमा परिस्थिति बनाए पनि अन्तर्राष्ट्रिय षड्यन्त्र र निर्वाचन आयोगको नियोजित क्रियाकलापले मात्र अर्को परिस्थिति बनेको प्रचण्डले बताए ।
देशभरका पार्टीका नेता कार्यकर्ता निर्वाचन गठवन्धन कुरेर बसेको भन्दै प्रचण्डले गठवन्धनको भर नपरेर आफ्नै खुट्टामा उभिन कार्यकर्तालाई अपिल गरिएको बताए ।