कांग्रेस एक्लैले बहुमत ल्याउने गरी तयारी गरौं : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीले एक्लै बहुमत ल्याउने गरी चुनावी घरदैलो अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
आजदेखि सुरू भएको स्थानीय तह चुनाव केन्द्रीत 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियानको बनेपामा उद्घाटन गर्दै उनले एक्लै बहुमत ल्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिए।
‘कांग्रेस एक्लै बहुमत ल्याउने तयारीसाथ चुनावी अभियानमा जाऔं,’ उनले भने, ‘कम्युनिष्टले जिते भने देशको प्रगती हुन्न।’
उनले जनताका घरदैलोमा पुगेर समस्या सुन्ने तथा कांग्रेसले गरेका कामहरूबारे जनतालाई राम्रोसँग बुझाउनुपर्ने पनि बताएका छन्।
उनले वैशाखमा हुने स्थानीय निर्वाचन अघि घरघरमा पुगेर जनतालाई विभिन्न विषयमा कुरा बुझाउनुपर्ने बताए।