मंसिरअघि नै आमचुनाव हुन सक्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने भएकोले तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
आज कास्कीमा आयोजित कार्यक्रममा धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने पनि बताए। चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेल गर्ने वा नगर्ने भन्ने पछि टुंगो लगाइने थापाले बताए।
‘गठबन्धनको काम चुनाव गराउने हो। चुनावमा मिल्छौं कि मिल्दैनौं भन्ने विषय अर्कै हो यो पछि नै थाहा हुन्छ,’ उनले भने, ‘०५६ मा कांग्रेस र एमालेको सरकार थियो त्यसलगत्तै चुनावमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भयो।’
उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर संविधान र प्रणाली जोगाउन गठबन्धन गर्दै सरकार बनाइएको पनि बताए।