पेप्सीकोलामा बम राखेको आरोपमा विप्लव माओवादीका मणिक लामा प्रहरी हिरासतमा
नेत्रविक्रम चन्द विप्लव समूहमा रहेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले मणिक लामालाई पक्राउ गरी हिरासतमा राखेको छ।
एमसिसीको विरोध गर्ने बहानामा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिक तीन वटा प्रेसर कुकर बम राखेको आरोपमा लामालाई प्रहरीले हिरासतमा लिएको हो।
लामा एमाले सांसद नविना लामाका बुवा हुन्।
तीन साताअघि नै प्रहरीले लामालाई भक्तपुरबाट पक्राउ गरेको थियो। भक्तपुर परिसरले अभद्र मुद्दामा अनुसन्धान गरेको थियो। परिसरका अनुसार जिल्ला प्रशासन कार्यालयबाट मुक्त हुनेबित्तिकै लामालाई पक्राउ गरी पुन: महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको हो।
दुई सातायता बानेश्वर वृत्तको हिरासतमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।