ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद झिकिएको थियो : एमाले
नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको छ ।
संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन नेकपामा ओलीलाई पदत्यूत गर्ने उद्देश्यले मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको हो ।
‘एमसीसीसम्वन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो’ एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गलत मनशायका कारण एमसीसी सम्झौता झण्डै तीन वर्षदेखि अनावश्यक ढङ्गले गिजोलिएको पनि ओलीले बताएका छन् ।