प्रधानमन्त्री देउवाका अभिव्यक्ति झुठा र उद्दण्डपूर्ण: भीम रावल
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन्।
आज नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाबारे रावलले दुई जिभ्रे कुरा गरेको बताएका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकारमा भीम रावल २०७३ असार ३१ मा उपप्रधानमन्त्री रहेको र त्यो मन्त्रिपरिषदले एमसिसी परियोजना अनुमोदनका संसदमा प्रस्ताव लैजाने निर्णय गरेको देउवाको भनाइ थियो।