ओलीको प्रतिवेदनमा केन्द्रीय सदस्यले बोल्न नपाउने, लिखित सुझाव दिनु पर्ने
नेकपा (एमाले) को केन्द्रीय कमिटीको आजको बैठक सुरू भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरू भएको हो।
यसअघि बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदन पढे पनि त्यसबारे आजको बैठकमा बोल्न पाउने छैनन्। केन्द्रीय सदस्यले ओलीको प्रतिवेदनमा लिखित सुझाव दिन पाउने व्यवस्था गरिएको छ।
आजको बैठकमा सिपिएन युएमएल एप सार्वजनिक गर्ने र ओलीले मन्तव्य राख्ने कार्यसूची छ।
स्थानीय तहको चुनावलगायत विषयमा छलफल गर्न बसेको एमाले केन्द्रीय कमिटी बैठक आजै सकिनेछ।