एमालेले महाअभियोग ल्याए रोक्न सत्ता गठबन्धनका दुई रणनीति
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरूद्ध सत्तारूढ गठबन्धनले महाअभियोग प्रस्ताव बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि 'काउन्टरमा' केही न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिरहेको छ।
एमालेले प्रधानन्यायाधीश राणासँग संवैधानिक इजलासमा बेन्च सेयर गरेका चार जना न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरेको हो। मंगलबारसम्म कुनै न कुनै न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गरिने एमालेकै सांसद कृष्णभक्त पोखरेलले बताए।
उता सत्तारूढ गठबन्धनले भने एमालेले त्यस्तो प्रस्ताव ल्याए निस्तेज पार्ने रणनीति लिएको छ। यसका लागि गठबन्धनले दुइटा तयारी गरेको छ।