चारदिने चीन भ्रमणमा आज बेइजिङ जाँदै परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुने भ्रमणका क्रममा उनले नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, कनेक्टिभिटी, व्यापार तथा क्षेत्रीय विषयमा उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्।
भ्रमणका दौरान मन्त्री खनालले चीनका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै लगानी सम्मेलनमा सहभागी भई चिनियाँ व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार उनी असार ३ गते स्वदेश फर्किनेछन्।