कांग्रेस सांसद: हामीलाई चोलेन्द्रशमशेर विरूद्ध महाअभियोग हस्ताक्षर गर्न लगाएर एमसिसीमा प्रचण्ड भागे
नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्। बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसिसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड अहिले भागेको एक सांसदले बताए।
‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने।
यस्तै अर्का सांसदले पनि माओवादीले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाए।
प्रधानन्यायाधीशविरूद्धको महाअभियोग ल्याए एमसिसी पास गराउने बाचा गरेको माओवादीले आज आएर एमसिसी ल्याए गठबन्धननै तोड्ने चेतावनी दिएर धोका दिएको बताए। यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसिसी पारित गर्ने सहमति भएको थियो।