झापाको दोमुखामा भीषण आगलागी, २ जना घाइते
झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन्।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन्। उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
पूर्वको पर्यटकीय दोमुखा क्षेत्रमा बिहीबार राति ११ बजे आगो सल्किएको हो। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।