प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्नुस्
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन्।
हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्।
कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका महामन्त्री शर्माले ‘मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प!’ भन्दै सामाजिक सञ्जालमार्फत पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन्।
शर्माले तीन वटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रह समेत गरेका छन्। कोरोना संक्रमित भएर आइसोलेसनमा बसेका शर्माले सुझाव दिँदै भनेका छन्,‘ स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा वा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ।’