कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै
नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।
तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ ।
शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।
१५३० मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ९८५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ६०३ मत पाएका छन् । प्रकाशशरण महतले ४९२, प्रदीप पौडेलले ४४७ र मिनेन्द्र रिजालले २५४ मत पाएका छन् ।
अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका डाक्टर राजाराम कार्कीले भने ४७ मत मात्रै पाएका छन् ।