२३९३ मत गणना हुँदा नेविसंघ अध्यक्ष ३५ भित्र परे
शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ ।
सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् ।
यस्तै रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् ।
३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । गणेश लामा भने ३६औं स्थानमा झरेका छन् ।
३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।