सत्तारूढ गठबन्धनले बनाएको समन्वय समितिको पहिलो बैठक सिंहदरबारमा
सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ।
आज सिंहदरबारमा बैठक बस्ने भएको हो। संयोजक रामचन्द्र पौडेलले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाएको उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए। समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्ने तयारी छ।
गठबन्धनमा रहेका पाँच दलबाट दुई-दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समन्वय समितिमा छन्। दुई-दुई महिनामा आलोपालो गरी समन्वय समितिको संयोजक परिवर्तन गर्ने सहमति छ।