प्रधानन्यायाधीशज्यू, आफ्नो फैसला आफैं लेखेर पद त्याग्नुस् : वरिष्ठ अधिवक्ता कार्की
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो फैसला आफैं लेखेर पद त्याग्न प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुझाव दिएका छन् ।
नेपाल बार एशोसिएसनको आजको धर्ना कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै कार्कीले प्रधानन्यायाधीश जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल भएको बताए ।
कार्कीले भने, ‘सम्माननीयज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला आफैं लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।’