मुख्यमन्त्रीमा आलोपालो हुनुपर्छ : राजीव कोइराला
प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् ।
आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् । फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ । एमालेले पनि कात्तिक १५ गतेसम्म बैठक रोक्न आग्रह गरेको छ ।
संसदमा निवेदनपछि कांगेसको संसदीय दलको बैठक बस्दैछ । बैठकअघि संसदीय दलका नेता कोइरालाले बागमती र प्रदेश १ मा छुट्टाछुट्टै नियम लागू नहुने बताए ।