ओलीलाई स्वास्थ्य समस्या भएपछि राजनीतिक प्रतिवेदन पेस गर्ने जिम्मा पोखरेललाई
आफूलाई स्वास्थ्य समस्या भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा नेता शंकर पोखरेललाई दिएका छन्।
शुक्रबार ललितपुरको गोदावरीमा सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रूघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिएका हुन् ।
प्रतिवेदन पेस गर्ने क्रममा उनले पटक-पटक खोकेका थिए। ओलीले जिम्मा दिएसँगै पोखरेलले प्रतिवेदन पेस गरिरहेका छन्।