बारपाक सडक बाढीले अवरुद्ध
लगातारको वर्षातपछि दरौँदी नदीमा आएको बाढीले बारपाक सडक अवरुद्ध भएको छ ।
बालुवा र राङरुङको बिचमा पर्ने झरना नजिकै बाढीले ९० मिटर सडक कटान गरेको डिएसपी प्रकाश दाहालले बताए । त्यहाँ बैकल्पिक बाटो खोल्नुपर्ने अवस्था छ ।
सदरमुकाम र बारपाक बिच सडक सम्पर्क बिच्छेद भएको स्थानीयले बताएका छन् ।