उपेन्द्र यादवले बोलाएको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै उपेन्द्र यादवले बोलाएको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ।
वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी महत्वपूर्ण निर्णय लिनुपर्ने भएको भन्दै अध्यक्ष यादवले आज बिहान ११:३० बजे बस्ने गरी गत मंगलबार बैठक बोलाएका थिए।
जसपाको केन्द्रीय कार्यालय ललितपुरस्थित बालकुमारीमा बैठक बस्नेछ।
जसपाभित्र अर्का अध्यक्ष महन्थ ठाकुर र यादवबीच बिबाद बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ठाकुर पक्ष सहभागी भएपछि बिबाद बढेको हो। ठाकुर पक्षका नेता राजेन्द्र महतोसहित नेताहरू ओली सरकारमा गएका थिए।
पछिल्लोपटक प्रदेश नम्बर २ मा सरकार पुनर्गठन गर्दै यादवनिकट मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष ठाकुर निकटका मन्त्रीहरू हटाएर नेपाली कांग्रेसलाई सरकारमा लगेका थिए।