प्रचण्डले कोरोनाविरूद्ध खोप लगाए
नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्।
बुधबार सिभिल अस्पताल पुगेर प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख, मन्त्रीहरू र सांसदलाई आज कोरोनाविरूद्ध खोप लगाइँदैछ।
बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिएको हो।
प्रतिनिधि सभा बैठक फागुन २३ गते अपरान्ह ४ बजे बस्दैछ।