रेशम चौधरीलाई रिहाईको सम्बोधन गर्ने पक्षलाई समर्थन गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टीले कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका रेशम चौधरीको रिहाइलगाएतका मुद्दा सम्बोधन गर्ने पक्षलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको जसपाको संसदीय दल बैठकले उधारोमा नभइ हाताहाती रुपमा जस्ले आफूहरुको माग सम्बोधन गर्न गर्छ, उसैलाई नै समर्थन गर्ने निर्णय गरेको हो । पटक–पटक आश्वासन दिएपनि माग सम्बोधन नभएकाले आफूहरुको मागलाई प्राथमिकतामा राखेर अघि बढ्ने जसपाको निष्कर्ष छ । त्यस्तै जसपाले सरकार र माओवादीसंग छलफल गर्नका लागि वार्ता टोलीलाई पूर्णता दिने नेता राजेन्द्र महत्तोले बताउनुभयो ।
उहाँले सरकारमा जाने प्रस्ताव अहिलेसम्म नआएको बताउनुभयो । माग सम्बोधन नभएसम्म कसैसँग सम्झौता र सहकार्य नहुने बताउनुभयो ।
संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ आफ्नो पार्टीका सर्त रहेको उहाले बताउनुभयो । संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो ।