‘जी न्यूज’ले राम–जानकीको प्रसंगलाई तोडमोड गरेको छ
भारतको समाचार च्यानल ‘जी न्यूज’मा सीताको जन्म विहार राज्यको सीतामणिमा भएको दाबी गरिएको छ । बिहार राज्यको स्थापना दिवसको अवसरमा जी न्यूजको डीएनए कार्यक्रममा सीता जन्मभूमिलाई लिएर गलत व्याख्या गरिएको छ । बुद्धको जन्मभएको स्थान पनि भारतमै रहेको दाबी गर्ने भारतीयहरुले बल्ल हिजो आज वोध गयामा ज्ञान प्राप्त गरेको बुझ्न थालेका छन् ।
तर, कहिले विवाद नभएको सीताको जन्मभूमिलाई लिएर भारतीयहरुले सांस्कृतिक र धार्मिक मान्यतामाथि नै हस्तक्षेप पुनः दोहो¥याएका छन् । भारतको विहार राज्यमा पर्ने सीतामणिमा सीताको जन्म भएको गलत व्याख्या गर्न थालिएको छ । उनीहरुको तर्क सीताको मन्दिर रहेको भन्ने मात्र छ । सीताको मन्दिर विश्वका धेरै मुलुकहरुमा छ । के अब ति सबैस्थानमा सीताको जन्म भएको दाबी गर्ने ? ! जुन आम भारतीय नागरिक र धर्म गुरुहरुकै मान्यताको खिलाप यो दाबीलाई लिन सकिन्छ ।
सीताको जन्म नेपालमा रहेको जनकपुरमा भएको भन्ने तथ्यलाई तोडमोड गर्ने प्रयास गरिंदैछ । आधारहिन तथ्य सार्वजनिक गर्ने भारतीय सञ्चारमाध्यामको यो चरित्र पुनः उदांगो भएको छ ।