महासचिव ईश्वर पोखरेलले नेपालसहित चार जनालाई तीन दिने स्पष्टीकरण सोधे
ओली समूहको नेकपा एमालेले माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण माग गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेको जनाइएको छ ।
पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको जनाएको छ । एमाले पार्टी कार्यालले चारै नेताका घरमा स्पष्टीकरण पुर्याइएको जनाएको छ । चारै जना नेतालाई स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको बताइएको छ ।
शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।