प्रतिनिधि सभा बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा पनि कुनै खास बिजनेस भने राखिएको छैन । तर शोकप्रस्ताव पारित गर्ने र केही सम्भावित कार्यसूची भने संघीय संसद सचिवालयले राखेको छ ।
नेपाली कांग्रेसका नेता तथा २०५८ सालको राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । यसअघि यही चैत ३ गते बसेको प्रतिनिधि सभा बैठकमा पनि शोक प्रस्ताव मात्र पारित गरेर स्थगित गरिएको थियो ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन– २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन– २०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
साथै सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सांसदहरूबाट प्राप्त अनुपस्थितिका सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत गर्ने कायूसूची समेत राखिएको छ ।