ओली सरकार अवैधानिक छ : नारायणकाजी श्रेष्ठ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको सरकार अवैधानिक भइसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्नेमा त्यसो नगरेपछि उनको वैधानिकता समाप्त भएको श्रेष्ठको तर्क थियो ।
बुधबार प्रदर्शनीमार्गमा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले ओली सत्तामुखी र पदलोलुप भएको आरोप लगाए । ‘संसद नरहेको अवस्थामा बसिरहेको सरकार अवैधानिक हुन्छ । यसले गरेका सबै कामहरु अवैधानिक र असंवैधानिक हु्न्छन्,’ उनले भने ।
उनले तानाशाह बन्ने पथमा हिँडेका ओलीलाई समयमै आफूहरुले चिन्न नसकेको भन्दै जनतासँग क्षमा मागेका छन् । आगामी दिनमा आफूहरु अझ परिवर्तित र व्यवहारिक भएर अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।