प्रहरीको विरोधमा रामकुमारीको निवासमा नाराबाजी
नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् ।
नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय प्रहरी महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न गएको छ । झाँक्रीले भने यो राजनीतिक मुद्दा भएकाले प्रहरीलाई झाँक्रीको जवाफ- पक्राउ गर्न पुर्जी लिएर आउनुहोस् भनेकी छन् ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले प्रहरीको जान अस्वीकार गरेकी थिइन् । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।