हाम्रो भेला कुनै प्रहसन र कमेडी शो गर्न होइन : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको भेला प्रहशन र कुनै कमेडि शो गर्नका लागि नभएको बताउनु भएको छ ।
काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको अगाडि देखा परेको संकटको समाधानको उपाय र संकटबाट बाहिर निस्कनेबारे छलफल गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, हामी यहाँ कुनै प्रहसन र उखान टुक्का गरेर हसाउन कमेडी सो गर्नका लागि उपस्थित भएका होइनौँ, राष्ट्र र जनताको अगाडि देखा परेको संकटको समाधान खोज्न आएका हौँ ।’
आफूहरु जनतालाई दिग्भ्रमित गर्न र उत्तेजित पार्न नभइ गम्भीर र ऐतिहासिक जिम्मेवारी बोधका साथ जुटेको अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले संविधान आक्रमणमा गरेकाले संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षाका लागि संघर्षको जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनु भयो । संघिय लोकतान्त्रीक गणतन्त्रका लागि तपस्या गर्ने सबैजना यतिबेला गम्भीर भएको सुनाउदै आफ्नै आँखा अगाडि यत्रो उपलब्धीमाथि निर्मम र निरङ्कुश ढंगले प्रहार हुनु सह्य नहुने बताउनु भयो ।
आफैले निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षबाट संविधान र संघिय लोकतान्त्रीक गणतन्त्रमाथि भएको प्रहारलाई सामना गर्न आफूहरुले भेला आयोजना गरेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्ती ओलीले अनेकौँ शहिदहरुको रगत बगाएरे समावेशी लोकतन्त्रमार्फत समानुपातिक र समावेसी प्रतिनिधित्व प्रणाली एम्बुसमा परेको बताउनु भयो । यसका बिरुद्ध अहिलेको एतिहासिक जिम्मेवारीलाई गहिरोकासाथ बोध गरेर अघि बढ्ने सबैलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नु भयो, महान शहिदहरुले गणतन्त्रको निम्ती, समावेशी लोकतन्त्रका निम्ती, देशका सबै उत्पीडित क्षेत्र, जाति, समुदायलाई एउटा समावेशी लोकतन्त्र मार्फत समानुपातिक प्रतिनिधित्वको रुपमा स्थापित गरेको कुरा अजा एम्बुसमा परेको छ।’