प्रधानमन्त्रीले जि न्यूजलाई अन्तरवार्ता दिएको विषयमा भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
गत पुष २७ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माको अन्तरवार्ता लिएका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथा आधार शिविरमै पुगेर सगरमाथालाई ‘माउन्ट सिकदर’ नाम दिनु पर्ने र त्यसमाथि भारतले विश्वसामु दाबी गर्नु पर्ने भन्दै रिपोर्ट बजाएका थिए ।
नेपाल सरकारको नापी विभाग र चीन सरकारको स्वतन्त्र मापन पश्चात सगरमाथाको उचाइ ८८४८.८६ मिटर प्रमाणित भएको एक महिना नहुँदै भारतीय मिडियाबाट भएको अनर्गल प्रचारको कडा विरोध भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टिभि जी न्युजसँग दिनुभएको अन्तरवार्ताको चौतर्फी प्रशंसा भयो । तर अन्तरवार्ता लगत्तै सोसमूहले सगरमाथामा पुगेर नाम परिवर्तन गर्नेदेखी भारतले दावी ठोक्नुपर्छ भनी दिएको अभिव्यक्तिले जनमानसमा संशय उब्जायो। अन्तरवार्तालाई कतिले नेपालीको शिर उँचो बनाएको भनेका छन् भने कतिले प्रायोजीत भएको टिप्पणी गरेका छन्।
यसै सम्बन्धी नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ३१ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले प्रधानमन्त्रीको अन्तर्वाता लगत्तै सगरमाथाको आधार शिविर पुगेर सम्पादक चौधरीले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभिव्यक्ति दिनु,विदेशी मिडियामा नेपाल र नेपालीका बारेमा आउने अनर्गल प्रचार रोक्न सरकारले कस्तो नीति अख्तियार गर्नुपर्ने जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :