केपी ओलीलाई आजै अन्तिम स्पष्टीकरण सोध्छौ: माधवकुमार नेपाल
(काठमाडौं) नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको तानाशाह र निरकुश प्रवृत्ति नहटेकाले उनलाई आजै अन्तिम स्पस्टीकरण सोध्ने बताएका छन् । कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले केपी ओली कम्युनिस्ट पार्टीको सदस्य नै हुन लायक नभएको पनि बताए । ‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं । तपाईं सुध्रिनुभएन, पार्टीको विधान पालना गर्नुभएन, अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो । जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’
अध्यक्ष नेपालले ओलीलाई गोर्भाचोभको संज्ञा दिदै ‘अब कम्युनिस्ट पार्टीले कस्तो कूपुत्र जन्माइएछ ?’ भनेर सोच्नुपर्ने बेला भएको बताए ।