ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल
(काठमाडौं) नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो । नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । यद्यपि, आजको खेलमा पूर्वकप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी पनि नखेल्ने भएका छन् ।
बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछ ।