अध्यक्ष प्रचण्ड : सरकार हेरफेर बारे मलाई नसाेध्नुहाेस्
(धनगढी) । सरकार फेरबदल हुने कुनै सम्भावना नरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
यहाँ आयोजित एक पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष प्रचण्डले बाहिर चर्चा भएजस्ताे सरकारमा मन्त्रीहरु हेरफेर गर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।
मिडियामा वेलावेला मन्त्रीहरु हेरफेर हुने कुरा आइरहेकाेप्रति इंगित गर्दै अध्यक्ष प्रचण्डले यस मामिलामा प्रधानमन्त्रीले चाहेमा गर्न पनि सकिने तर तत्काल सम्भावना नरहेकाे बताए ।
सरकार फेरबदलबारे पत्रकारहरुले साेधेकाे कुरामा उनले यो प्रश्न आफूलाई नसोध्न समेत आग्रह गरे । प्रचण्डले भने, ‘याे कुराकाे जवाफ मैले दिने हाेइन, ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’ सरकार हेरफेरबारे अहिलेसम्म आफूहरुसँग कुनै छलफल र चर्चा नभएको उनकाे भनाइ थियाे ।