पश्चिम भूभागमा भारी वर्षा, मनसुन कमजोर बन्दै
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको र भारतको उत्तरप्रदेश तथा हरियाना आसपासमा न्यून चापीय प्रणाली अवस्थित रहेको महाशाखाले जनाएको छ । मनुसुन क्रमस कमजोर बन्दै गइरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र २ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातिः देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
भाद्र ३ गते मंगलबार
दिउँसो : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।्र
भाद्र ४ गते बुधबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको एक दुर्इ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ।
रासस