स्थानीय निर्वाचनको तयारीबारे दलका शीर्ष नेतासँग आयोगको छलफल
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारी र व्यवस्थापनबारे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ।
शुक्रबार आयोगमा भएको छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका छन्।
त्यस्तै, विभिन्न दलका प्रतिनिधिसमेत सहभागी छलफलमा निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा सुझाव लिइएको आयोगले जनाएको छ।