सप्तकोशीमा जेट बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशी नदीमा जेट बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन्। भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेट बोट दुर्घटनामा परेको प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए।
१४ जना यात्रु सवार बोटको इन्जिन अचानक बन्द भएपछि नदीको तीव्र बहावले नियन्त्रणबाहिर पुर्याएको थियो। त्यसपछि बोट नदी किनारको भित्तामा ठोक्किएर डुबेको यात्रुहरूले बताएका छन्।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उद्धार गरेका थिए। उद्धार गरिएका घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।