एनपिएल खेल्न आन्द्रे रसेल नेपाल आइपुगे
वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आइतबार काठमाडौं आइपुगेका छन्। उनी यस सिजन विराटनगर किङ्सबाट खेल्नेछन्।
विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत ‘द किङ ह्याज ल्यान्डेड इन नेपाल’ भन्दै रसेललाई स्वागत गरेको छ। टोलीले उनको आगमनसँगै विराटनगर किङ्स परिवारमा नयाँ अध्याय सुरु भएको जनाएको छ।
विश्वभरका टी–२० लिगमा आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले विराटनगर किङ्सको टोलीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। एनपिएलमा रसेलको प्रदर्शन हेर्न क्रिकेट समर्थक उत्साहित छन्।