सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो
स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सोही दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६५० रुपैयाँ थियो। आजको मूल्यअनुसार एकै दिनमा सुनको मूल्य ५०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो।