जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाग्रस्त, मानवीय क्षति भएन
डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको ९एन–एजे जहाज बिहान ८ः२५ बजे अवतरणका क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि जहाज केही पर उछिट्टिएको थियो। पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागीबाट जहाज जोगिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जहाज रनवेमै रहेको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।