मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा विपत् व्यवस्थापन तथा उद्धार कार्यको समीक्षा गर्नुका साथै सरकारका विभिन्न प्रशासनिक निर्णयबारे पनि छलफल हुने बताइएको छ।