प्रधानमन्त्री शाह र हस्तकला महासंघबीच आज छलफल हुँदै
काठमाडौं, ६ साउन — प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच आज छलफल हुने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने भेटवार्तामा नेपालको हस्तकला क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका विषयमा छलफल हुने जनाइएको छ।
छलफलमा हस्तकला उद्योगले भोगिरहेका समस्या, निर्यात प्रवर्द्धनका उपाय तथा सरकारी सहयोगका विषयमा कुराकानी हुने बताइएको छ।
भेटवार्तामा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्।