इरानको नौसैनिक शाखामाथि इयूको प्रतिबन्ध, हर्मुज संकटपछि थप दबाब
युरोपेली सङ्घ (इयू)ले इरानको रिभोलुसनरी गार्ड्सको नौसैनिक शाखा तथा हर्मोजगान प्रान्तीय कमान्डका प्रवक्ता मोहम्मद अकबरजादेहमाथि प्रतिबन्ध लगाएको छ।
इयूले अकबरजादेहलाई कालोसूचीमा राख्दै सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध लगाएको जनाएको छ। साथै, इरानको तेल निर्यातकर्ता युनियनका प्रतिनिधि हमिद होसेनीमाथि पनि सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध लगाइएको छ।
इरान र अमेरिकाबीचको तनावका कारण प्रमुख जलमार्ग प्रभावित भई विश्व बजारमा असर परेको अवस्थामा इयूले यो कदम चालेको हो।
यसैबीच, मध्यपूर्वमा जारी द्वन्द्व समाप्त भएपछि हर्मुज क्षेत्रमा नौसैनिक मिसन पठाउने योजनामा फ्रान्स र बेलायतको नेतृत्वमा युरोपेली राष्ट्रहरू काम गरिरहेका छन्।
इयूकी उच्च कूटनीतिज्ञ Kaja Kallas ले ‘रेड सी’ क्षेत्रमा सक्रिय इयूको नौसैनिक मिसनले सम्भावित नयाँ सैन्य अभियानमा सहभागिता जनाउन सक्ने संकेत दिएकी छन्।