विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्छ : शिक्षामन्त्री पुन
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयमा देखिएका मनपरी र बेथितिविरुद्ध अभिभावकले एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका छन् ।
देशभरका विद्यालयमा व्याप्त मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिक हस्तक्षेप अन्त्य गर्न अभिभावक स्वयं सक्रिय हुनुपर्ने उनको भनाइ छ । शिक्षा मन्त्रालयले काठमाडौंबाट मात्र निर्देशन दिएर विद्यालय सुधार सम्भव नभएको भन्दै स्थानीय स्तरबाट दबाब आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।
मन्त्री पुनले अभिभावकले कडा चेतावनी र दबाब नदिएसम्म विद्यालयको अवस्था सुधार नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिभावकलाई जागरूक हुन आग्रहसमेत गरेका छन् ।
उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो। लौ त स्थानीय अभिभावकहरू, आफ्नो छोराछोरीको भविष्यका लागि जाग्नुहोस्।’