त्रिविले ‘कमाउँदै पढ्दै’ नीति लागू गर्ने तयारी
१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारको नीति अनुरूप ‘कमाउँदै पढ्दै’ कार्यक्रम कार्यान्वयन गर्ने तयारी थालेको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ मा उल्लेख भएको यो अवधारणालाई वास्तविकतामा रूपान्तरण गर्न त्रिविले कक्षा कार्ययोजना बनाइ कार्यान्वयन प्रक्रियामा अघि बढ्ने उपकुलपति प्रा. डा. दीपक अर्यालले बताएका छन्।
उनका अनुसार प्रारम्भिक चरणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थान मा यो कार्यक्रम लागू गरिनेछ। क्रमशः अन्य अध्ययन संस्थान र संकायहरूमा पनि विस्तार गरिने तयारी रहेको त्रिविको सभामा उपकुलपति अर्यालले जानकारी दिए।
उनीका अनुसार व्यावसायिक साझेदारीलाई अघि बढाउँदै उद्योग–व्यवसायीसँग ज्ञान, उत्पादन, अनुसन्धान र भौतिक पूर्वाधार निर्माणमा सहयोग आदान–प्रदान गर्ने त्रिविको योजना रहेको छ।